Dhulikhel Eco Banner new

सेञ्चुरी कमर्सियल बैंकको शेयर मूल्य समायोजन

5.06K
shares

काठमाडौं, ३ पुस । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतवार सेञ्चुरी कमर्सियल बैंकको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले ४ दशमलव ७५ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य १७६ दशमलव ८१ तोकेको छ । कम्पनीले अन्तिम शेयर मूल्य रू. १८५ को आधारमा शेयर मूल्य समायोजन गरेको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि सोमवार बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

कम्पनीले आव २०७८/७९ कोे मुनाफाबाट शेयरधनीलाई ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस १४ गते साधारणसभा आयोजना गरेको छ ।