Dhulikhel Eco Banner new

चौथो साहारा एप सगरमाथा म्युजिक अवार्ड कार्यक्रम पुस १४ गते हुने

4.98K
shares

काठमाडौं, १० पुस । चौथो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७९ को तयारी अन्तिम चरणमा पुगेको छ । ज्योति विकास बैंकको प्रस्तुति रहेको अवार्डको चौथो संस्करणको फाइनल यहि पुस १४ गते हुने भएको हो ।

अर्थ नेपाल प्रालिको आयोजनामा हुने अवार्डमा राइड सेयरिङमा लोकप्रिय रहेको साहारा एपले टाइटल स्पोन्सर गरेको छ भने ज्योति विकास बैंक प्रस्तुतकर्ताको रुपमा रहेको छ । यो अवार्डमा २०७८ बैशाखदेखी चैत्रसम्म बजारमा आएका गीत संगीतमध्येबाट अवार्ड वितरण गरिने आयोजकले जनाएको छ ।

‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, लोक दोहोरी र पप विधामा देशभरका कलाकर्मीहरुले सहभागी रहने छ । अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड समेत प्रदान गरिने छ ।