GBIME

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति ?

1.12K
shares

काठमाडौं, २५ पुस । प्रभु इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ६.७० प्रतिशतका दरले हुन आउने ८ करोड ६४ लाख १० हजार ६७६ रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३५ प्रतिशतले हुन आउने ४५ लाख ४७ हजार ९३० रुपैयाँ बराबरको नगद लाभांश गरी कुल ७.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

पुस २४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।