Dhulikhel Eco Banner new

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

5.15K
shares

काठमाडौं, २५ पुस । शेयर बजार परिसूचक सोमबार २२०० विन्दु माथि पुगेको छ । शेयर कारोबार हुने हप्ताको दोस्रो दिन बजार ४६ दशमलव ७६ अंकले बढेर २२११ दशमलव ३८ अंकमा पुगेको हो ।

सोमबार २५७ कम्पनीका १ करोड ४६ लाख ६७ हजार २०६ कित्ता शेयर कारोबारबाट ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार ८५३ रुपैयाँ ४३ पैसाको कारोबार भएको छ ।

आज सबैभनदा धेरै रिडी पावर कम्पनीको शेयर किनबेच भएको छ । आज कम्पनीको २० करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

ङादी ग्रुपको १६ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको १६ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।