Dhulikhel Eco Banner new

नेप्से परिसुचक २१ अंकले घट्यो, कारोबार भने बढ्यो

5.33K
shares

काठमाडौं, २६ पुस । साताको तेस्रो कारोबारको दिन नेप्से परिसुचक २१ दशमलव ३३ अंकले ओरालो लागेको छ ।

केही हप्तादेखि लगातार उकालो लागेको शेयर बजार आज भने ओरालो लागेको हाे । मंगलबार नेप्से परिसुचक शुन्य दशमलव ९७ प्रतिशतले घटेर २१९० दशमलव ४२ को विन्दुमा पुगेको हो ।

आज भएका १ लाख ९ हजार ९ सय ६७ कारोबारबाट २५४ कम्पनीका २ करोड ४ लाख ८३ हजार ९ सय ५२ पुगेको छ ।

जसबाट आज भएको सम्पूर्ण कारोबार रकम ७ ६५ करोड ८८ लाख २३ हजार ५ सय ७९ पुगेको छ । यस्तै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स हुन्य दशमलव ७५ अंकले ओरालो लागेको छ ।