GBIME

माया खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट

1.01K
shares

काठमाडौं, २७ पुस । माया खोला हाइड्रोपावर कम्पनीले स्थानीयका लागि बिक्री गरेको आईपीओ  बाँडफाँट सम्पन्न भएको छ ।

उक्त शेयर कम्पनीले मंसिर २३ गतदेखि पुस १७ गतेसम्म निष्काशन तथा बिक्री खुला गरिएकोमा आज पुस २६ गते बाँडफाँट गरिएको हो ।

उक्त शेयर बाँडफाँडमा अति प्रभावितमा १,७७२ जना आवेदकबाट प्राप्त ६,९०,९४० कित्ताको लागि प्राप्त आवेदन रितवुर्वक प्राप्त भएकोमा १० कित्ता देखि १,२०० कित्ता सम्म आवेदन आवेदकलाई सम्पूर्ण कित्ता गरी जम्मा ५,२१,६२० कित्ता शेयर र १२०० कित्ता भन्दा बढी ९,५२० कित्ता शेयरको लागि आवेदन दिने प्रत्येक आवेदकहरुलाई १२०० कित्ता शेयर गरी ७८,००० कित्ता शेयर गर्दा जम्मा ५,९९,६२० कित्ता शेयर भएको र बाँकी रहेको ३८० कित्ताको लागि १३०० कित्ता देखि ९,५२० कित्ता सम्म आवेदन दिने ६५ जना मध्ये ३८ जना हरेकलाई १० कित्ता शेयर बाँडफाँट गरिएको हो ।

प्रभु क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्रि प्रबन्धकत्वमा कम्पनीको जारी पूँजीको १० प्रतिशत अर्थात १० करोड रकम बराबरको १ सय रुपैयाँ अंकित दरमा १० लाख कित्ता साधारण शेयर मध्ये संखुवासभा जिल्लाको चैनपुर न.पा.को वडा नं. ८ र ९, धर्मदेवी न.पा. को वडा नं. ३,४ र ५, मादी न.पा.को वडा नं. ४ र ६ का स्थाई बासीन्दाहरुको लागि ६ लाख र प्रभावित क्षेत्र संखुवासभा जिल्लाका चैनपुर न.पा.को वडा नं. ८ र ९, धर्मदेवी न.पा.को वडा नं. ३,४ र ५, मादी न.पा.को वडा नं. ४ र ६ बाहेकका चैनपुर, धर्मदेवी र मादी नगरपालिकका स्थाई बासीन्दाहरुको लागि ४ लाख कित्ता साधारण शेयरहरु बाँडफाँट गरेको हो ।