आइएमई जनरल इन्स्योरेन्सको साधारणसभा भोलि, लाभांशको प्रस्ताव पारित गर्ने
वि.सं.२०७९ माघ ८ आइतवार १२:१४
shares

काठमाडौं, ८ माघ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले २५औं वार्षिक साधारण सभा सोमवार (भोलि) गर्ने भएको छ । सभा काठमाडौं, लाजिम्पाटस्थित होटल लि हिमालयमा उक्त दिन बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ ।
सभाले गत आर्थिक वर्ष २०७८/०७९ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १ अर्ब ७० करोड १६ लाख ५१ हजारको आधारमा ६ प्रतिशत बोनस शेयर र बोनस शेयर कर प्रयोजनका लागि रू. ५३ लाख ७३ हजार ६३६ बराबर नगद लाभांश वितरण गर्न लागेको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा पुस २६ गतेसम्म कायम शेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश पाउने छन् ।

















