GBIME

कुमारी बैंकको ७८ हजार संस्थापक शेयर बिक्रीमा

1.02K
shares

काठमाडौं, १३ माघ । कुमारी बैंक लिमिटेडको ७८ हजार १६६ कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ ।

बैंकले दुई संस्थापक शेयरधनीहरूले बिक्री गर्न चाहेको उल्लेखित कित्ता शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

आगामी ३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरूले बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट खरीद आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थाहरूमा उक्त शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।