Dhulikhel Eco Banner new

पोखरामा दुई जनाले गरे आत्मदाहको प्रयास

5.58K
shares

काठमाडौं, १५ माघ । पोखरामा दुई जनाले आत्मदाहको प्रयास गरेका छन् । प्रहरीले जल्दै गरेको अवस्थामा उनीहरुलाई उद्दार गरेको हो ।

पोखरा १३ माहुँखोलाबाट ४३ वर्षका कृष्णबहादुर क्षेत्री र संगीता सापकोटालाई उद्दार गरिएको हो । उनीहरू दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरूले आत्मदाहको प्रयास गरेका हुन् वा के कारणले जलेका हुन् भन्नेबारे खुलेको छैन । घटनाको विस्तृत विवरण आउन बाँकी छ । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।