GBIME

मदिरा पिएर कुटपिट गरेको आरोपमा कलाकार म्याकुरी पक्राउ

1.28K
shares

काठमाडौं, ३ फागुन । मदिरा पिएर कुटपिट गरेको आरोपमा कलाकार पवन खतिवडा (म्याकुरी) लाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार राति मोरङको बेलबारी नगरपालिका–१ स्थित एक होटलमा मदिरा पिएर कुटपिटमा उत्रिएपछि उनलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखिएको हो ।

उनीसहित दुई जनालाई पक्राउ गरिएको बेलबारीका इन्सपेक्टर खगेन्द्र धमलाले बताए। उनीहरुले बेलबारीका एक युवालाई कुटपिट गरेको पाएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ ।

कुटपिटबाट सामान्य घाइते भएका ती युवालाई उपचारका लागि अस्पताल पठाइएको छ। पीडित पक्षका आफन्तहरु प्रहरी कार्यालय आउँदै गरेको र मिलापत्र भएको अवस्थामा मात्रै उनलाई छाडिने इन्सपेक्टर धमलाले बताए ।