Dhulikhel Eco Banner new

बलेफी हाइड्रोपावर दोस्रो त्रैमासमा १० करोड २६ लाख घाटामा

6.9K
shares

काठमाडौं, ५ फागुन । बलेफी हाइड्रोपावर लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. १० करोड २६ लाख नोक्सानीमा रहेको छ । गत आवको दोस्रो त्रैमाससम्ममा पनि कम्पनी रू. ४ लाख ८९ हजार नोक्सानीमा थियो ।

यस आधारमा कम्पनीको नोक्सानी बढेको छ । चालु आवमा कम्पनीको प्रशासनिक खर्च र ब्याज खर्चमा वृद्धि भएकाले नोक्सानी बढेको हो । गत आवमा कम्पनीको प्रशासनिक खर्च रू. २ लाख ७५ हजार रहेकोमा चालू आवमा बढेर रू. २९ लाख ३४ हजार पुगेको छ ।

त्यस्तै कम्पनीले रू. ११ करोड ४२ लाख ब्याज भुक्तानी गरेको छ । त्यस्तै कम्पनीले चालू आवमा विद्युत विक्री बापत रू. १५ करोड ७६ लाख आम्दानी गरेको छ ।

कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ८२ करोड रहेको छ भने जगेडा रू. १९ करोड ६५ लाख ऋणात्मक रहेको छ । कम्पनी नोक्सानी भएसँगै प्रतिशेयर आम्दानी रू.५ दशलमव ६१ ऋणात्मक रहेको छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ८९ दशमलव २५ रहेको छ ।