GBIME

सुपरमाई हाइड्रोपावरको आईपीओ बाँडफाँट, ४१ हजारले पाए १० कित्ता शेयर

3.28K
shares

काठमाडौं, ५ फागुन । सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी आईपीओ बाँडफाँट गरेको छ । आईपीओ आज बिहान बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यलमा बाँडफाँट भएको हो ।

कम्पनीको आईपीओमा कुल १३ लाख २२ हजार ४ सय ९२ जना आवेदकबाट १ करोड ४३ लाख २७ हजार ९ सय २० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ४ हजार १ सय ७२ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १३ लाख १८ हजार ३ सय २० जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँट गरिएको छ । गोलाप्रथाबाट कुल ४१ हजार ५ सय जनाले १० कित्ताको दरले शेयर पाएका छन् भने बाँकि रहेका आवेदक हात खाली भएका छन् ।

आईपीओकाे नतिजा  विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ। जस अनुसार बिक्रि प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट https://www.sanima.capital/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटबाट नतिजा हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।