Dhulikhel Eco Banner new

कर्मचारी सरुवाको निश्चित मापदण्ड बनाउँछौँ : मन्त्री मोदी

4.9K
shares

काठमाडौं, ५ फागुन ।  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले कर्मचारी सरुवाको निश्चित मापदण्ड बनाउने बताएका छन् ।

मोरङको तेतरीयास्थित ग्रामथान गाउँपालिकाको बाह्रौ गाउँसभालाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।

कतिपय कर्मचारी वर्षौसम्म एकै कार्यालयमा रहने र सरुवा पनि सुगम ठाउँमा मात्रै माग्ने विकृति देखिएको भन्दै मन्त्री मोदीेले भने, “कर्मचारीभित्र सरुवा गरेको ठाउँमा पनि नजाने, कतिपय ठाउँमा सधैँभरी बसिरहने र सुगम ठाउँमा मात्रै सरुवा मागेर जाने प्रचलन रहेछ” मन्त्री मोदीले भने, “कर्मचारी सरुवाको हामी निश्चित मापदण्ड बनाउन छलफल गर्दैछौँ ।”

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई केन्द्रले खटाउने कि प्रदेशलाई खटाउन दिने भन्ने विषयमा पनि छलफल भइरहेको मन्त्री मोदीको भनाई थियो । संघीय निजामती ऐनमार्फत्
सबै विषयहरुलाई व्यवस्थित बनाउने उनले बताए । संघीय निजामती ऐन संसदमा टेबुल गर्ने मन्त्री मोदीको अन्तिम तयारी छ ।

अर्को फरक प्रसंगमा मन्त्री मोदीले आफूले पार्टीगत आस्थाको आधारमा कसैलाई विभेद नगर्ने बताए । उनले भने, “म पार्टीगत आस्थाको आधारमा विभेद गर्ने मान्छे होइन, कसैलाई पनि पार्टीगत आस्थाको आधारमा विभेद गर्ने काम मबाट हुँदैन, यहाँको विकासका लागि सबै दलसँग मेरो सहकार्य हुन्छ ।”

मोरङ ४९१० का प्रदेशसभा सदस्य जयप्रकाश चौधरीले स्थानीय तहले उत्पादनको क्षेत्रमा ध्यान दिनुपर्ने बताए । लक्ष्यअनुसार योजना बनाएर अगाडि बढ्न प्रदेश सांसद चौधरीको आग्रह थियो ।

गाउँसभामा गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारु, प्रमुख प्रशासकीय अधिकृत मनोज कुमार साह लगायतले मन्तव्य दिएका थिए ।