GBIME

घट्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?

1.43K
shares

काठमाडौं, १५ फागुन । पछिल्लो एक सातादेखि सुनको भाउ ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमवार) १ लाख १ हजार ८०० रुपैयाँ तोकिएको छ । अर्थात् मंगलवारयता सुनको भाउ तोलामा १४ सय रुपैयाँ घटिसकेको छ ।

आज भने सुनको भाउ तोलामा २०० रुपैयाँ घटेको छ । गत आइतवार सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले घटेर १ हजार २५५ रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।