GBIME

जीवन विकास लघुवित्तले लाभांश घटायो

1.07K
shares

काठमाडौं, २१ फागुन । जीवन विकास लघुवित्तको लाभांश परिमार्जन भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश संशोधन गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले यस अघि आर्थिक वर्ष ७८/७९ को मुनाफा हालको चुक्ता पूँजीको २८ प्रतिशत बोनस शेयर र ९.३६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत) गरि कुल ३७.३६८४ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।

अब भने कम्पनीले हालको चुक्ता पूँजीको २६ प्रतिशत बोनस शेयर र ७.१५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि समेत) गरि कुल ३३.१५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३ करोड ४१ ८० हजार लाख रहेको छ ।