Dhulikhel Eco Banner new

लेलेमा होली स्पेशल भेन्ट्रान टुनामेन्ट तथा म्युजिकल कार्यक्रम सम्पन्न

6.29K
shares

काठमाडौं, २२ फागुन । ललितपुरको लेलेमा होली विशेष सांगितिक कार्यक्रम तथा भेन्ट्रान फुटसल प्रतियोगिता सम्पन्न भएको छ । मिडिया इभेन्ट रिसर्च सेन्टरको आयोजनामा भएको कार्यक्रममा विभिन्न कालाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए ।

कार्यक्रममा गायक रुपक डोटेल, सुनिल थापामगर, विनय केटु, कमेडियन मोहनजंग कार्की लागायक कालाकारहरुले आफ्नो प्रस्तुति दिइएका थिए । दुई दिनसम्म चलेको कार्यक्रममा फुटसल र सांगितिक कार्यक्रम रहेको आयोगकका प्रदेश लिम्बुले जानकारी दिए ।

खेलकुद र गीतसंगितमार्फत समाजमा योगदान पुर्‍याउनका लागि कार्यक्रमको आयोजना गरिएको लिम्बुले जानकारी दिए । यस्ता कार्यक्रमहरुले कलाकार र खेलाडीकाे मनाेबल बढाउने उनकाे विश्वास रहेकाे छ ।

फुटसल प्रतियोगितामा १४ वटा टोलिको सहभागिता रहेको थियो । फुटसलको उपाधि फ्रिडम फाइटरले जित्यो । उसले एविबी युथ क्लबलाई पराजित गर्दै उपाधि उचालेको हो । उपाधि विजेता फ्रिडम फाइटरले ५० हजार नगद र ट्रफि प्राप्त गर्‍यो भने उपविजेता बनेको एबीसीले ३० हजार नगत प्राप्त गर्‍यो ।