GBIME

एनएमबि बैंकले ऋणपत्र निष्काशन गर्ने, सेबोनबाट पायो स्वीकृति

1.04K
shares

काठमाडौं, २३ फागुन । एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट स्वीकृती पाएको छ ।

कम्पनीले रू. ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनबाट फागुन १८ गते स्वीकृती पाएको हो । कुल कित्तामध्ये बैंकले १६ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी रहेको २४ लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट बिक्री गर्नेछ ।

कम्पनीले आगामी ५ वर्ष सम्मको लागि बार्षिक ११ दशमलव २५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न सेबोनबाट अनुमति पाएको हो । बिक्री प्रबन्धक एनआईबिएल एस कयापिटल लिमिटेड रहेको छ ।