GBIME

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

948
shares

काठमाडौँ, २३ फागुन । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ३ सयले घटेको छ ।

अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज १ लाख २ हजार ५ सय तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार छ । यसको मूल्य अघिल्लो दिन १ लाख २ हजार ३ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर १ हजार २ सय ६५ मा आएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।