प्रभु स्मार्ट फण्डमा आवेदन दिने म्याद थप
वि.सं.२०७९ फागुन २३ मंगलवार ११:५१
shares

काठमाडौं, २३ फागुन । प्रभु क्यापिटलले निष्काशन गरेको प्रभु स्मार्ट फण्ड नामक सामुहिक लगानी कोष योजनाको इकाईहरुमा आवेदन दिने म्याद थप भएको छ ।
क्यापिटलले फागुन १८ गतेबाट इकाई निष्काशन गरेकोमा छिटोमा आज फागुन २३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था थियो ।
तर पर्याप्त आवेदन नपरेपछि क्यापिटलले म्याद थप गरि फागुन २८ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरेको हो । फागुन २८ अगाडी नै पर्याप्त आवेदन परेमा सो अगाडी नै सार्वजनिक सूचना जारी गरेर बिक्री बन्द गरिने क्यापिटलल उल्लेख गरेको छ ।
क्यापिटलले फागुन १८ गतेबाट प्रभु स्मार्ट फण्ड नामक सामुहिक लगानी कोष योजनाको इकाईहरु बिक्री खुला गरेको छ । क्यापिटलले प्रभु म्युचुअल फण्ड अन्तर्गत संचालन हुने प्रभु स्मार्ट फण्ड नामक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गरेको हो । यस योजनाको आकार ८० करोड रहेको छ ।
क्यापिटलले प्रति इकाई १० रुपैयाँको दरले फण्डको ८ करोड इकाई निष्काशन गरेको हो । जस मध्ये १ करोड २० लाख इकाई कोष प्रबर्दक प्रभु बैंकलाई छुट्याईएको छ । त्यस्तै ८ लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटललाई छुट्याईएको छ। बाँकि रहेको ६ करोड ८० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
आवेदन दिंदा न्युनतम १०० इकाई र अधिकतम पुरै अर्थात् ८० लाख इकाईको लागि दिन सकिने छ । यस म्युचुअल फण्डको अवधि १० वर्ष रहेको छ ।
प्रभु क्यापिटल सामुहिक लगानी कोष अन्तरगत दोश्रो योजना अन्तर्गत प्रभु स्मार्ट फण्ड संचालन गर्न लागेको हो। यो योजना एक बन्दमूखि योजना हो । यस योजनाले इकाई बिक्रीबाट संकलित रकमको ३५ देखि ९० प्रतिशत सम्म शेयरमा लगानी गर्ने छ अर्थात यो एक इक्विटि ओरिएण्डेड योजना हो ।



















