GBIME

सबै प्रतिनीधि सभासदस्यले आफूलाई विश्वासको मत दिने प्रधानमन्त्रीको विश्वास

816
shares

काठमाडौं, ५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदका सबै सदस्यले आफूलाई विश्वासको मत दिने विश्वास व्यक्त गरेका छन् ।

आज संसद भवनमा भएको प्रतिनिधि सभाको बैठकपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिदैँ उनले आफुले शत प्रतिशत विश्वासको मत पाउनेमा ढुक्क भएको बताएका छन् ।

उनले भने ‘मैले त आशाको कुरा गर्ने गर्दा त पहिला ९९ दशमलव २५ प्रतिशत थियो भोली सय नै हुन्छ भन्ने आश छ । भोलिको संसदको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने तयारी छ ।