Dhulikhel Eco Banner new

२ करोडको डिल गर्ने सांसदको अर्को बदमासी, बचतकर्ताको रकम फिर्ता नगरी सहकारी बन्द

5.43K
shares

काठमाडों, २६ चैत । आइतबार दिन भरजसो नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठ र व्यवसायी दुर्गा प्रसाईँ विच २ करोड रुपैयाँको डिल भिएको अलियोले बजातर ततायो । श्रेष्ठले व्यवसायी प्रसाईँसँग २ करोड रुपैयाँ मागेको अडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । रवी लामिछानेलाई पनि पैसा दिनु पर्ने भन्दै डिल गरेको भिडियो सार्वजनिक भएका सांसदको अर्को विवादीत विषय पनि सार्वजनिक भएको छ । त्यो हो पोखरामा रहेको उनको सहकारी ४ महिनादेखि बन्द ।

उनी सञ्चालक रहेको साथी किसान कृषि सहकारी संस्था लिमिटेडले केही बचतकर्ताको रकम फिर्ता गरेको छैन् भने अहिले सहकारी बन्द अवस्थामा रहेको छ । सांसद श्रेष्ठले खोलेको पोखरा महानगरपालिका वडा नम्बर ७ रत्नचोकस्थित सहकारीका बचतकर्ता आफ्नो पैसा उठाउनका लागि प्रशासन धाउन थालेका छन् । आफैंले बचत गरेको रकम फिर्ता नपाउँदा उनीहरूले महानगरलाई समेत गुहारेका थिए । पुसको अन्तिम साता बचतकर्ताहरु महानगर गएर उजुरी दिएपछि महानगरले ३ महिनाभित्र रकम तिर्न सहकारीलाई निर्देशन पनि दिएको थियो ।

सहकारीले पनि वैशाखसम्म बचतकर्ताको रकम फिर्ता गर्ने बताएको थियो । ऋणीसँग पैसा लिएर बचतकर्तालाई दिने भनिए पनि कोसँग कति रुपैयाँ लिनु छ हिसावकिताब पनि सहकारीसँग छैन् । बचतकर्ताको रकम फिर्ता नगरेका उनी अहिले मन्त्री मन्नका लागि भन्दै २ करोड घुस मागेको अडियो सार्वजनिक भएको थियो ।

सांसद श्रेष्ठ राजनीतिमा लाग्ने भन्दै गत कात्तिकबाट सहकारीको नेतृत्व शनि पाठकलाई दिँदै बाहिरिएका थिए । कात्तिक ९ मा बसेको संस्थाको अधिवेशनमा श्रेष्ठले पाठकलाई सहकारीको नेतृत्व सुम्पिएका थिए । तर हिसाबकिताबको बुझबुझारथ नगरेपछि नयाँ नेतृत्वले काम गर्न सकेन् । सहकारीमा श्रेष्ठ अध्यक्ष रहँदा बचतकर्ताको रकम आफ्नै व्यवसायमा लगेर फसाएको आरोप पनि छ । श्रेष्ठले पोखरा लेकसाइडमा एक मिनी मार्केटका लागि सहकारीबाट पैसा लगेको लगेको बताइन्छ ।