Dhulikhel Eco Banner new

कारोबारमा आएका सबै कम्पनीको सेयरमूल्य घट्यो

5.11K
shares

काठमाडौं,४ जेठ । बुधबार प्रिओपनिङ्गमा कारोबारमा आएका सबै कम्पनीको सेयरमूल्य घटेको छ ।

बुधबार प्रिओपनिङ्ग सेसनमा नेप्से २५३ अंकले घटेको छ । साढे दश देखि पौने ११ बजेसम्म खुला रहने प्रि ओपनिङ्ग कारोबारमा आएका २ वटै कम्पनीको सेयरमूल्य घटेको हो । सबैको लघुवित्त र सुर्योदय वोमी लघुवित्त दुबैको सेयरमूल्यमा गिरावट आएको छ । दुबै कम्पनीको सेयरको भाउ २ प्रतिशतले ओरालो लागेको छ ।

यस अवधिमा २ कम्पनी १५० कित्ता सेयर १ लाख ७० हजार ३७९ रुपैयाँमा खरीद बिक्री भएका छन। नेप्से घटेसँगै सूचक २ हजार २६२ दशमलव ९९ बिन्दुमा झरेको छ ।