Dhulikhel Eco Banner new

९ सय रुपैयाँले घट्यो सुुनको भाउ

6.32K
shares

काठमाडौं, ४ जेठ । सुनको मूल्य प्रतितोला ९५ हजारमा आइपुगेको छ । मंगलबारको भन्दा तोलामा ९ सय रुपैयाँले घटेको छ ।

बुधबारका लागि बजार मूल्य ९५ हजार ८ सय रुपैयाँमा निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार २ सय रुपैयाँले बढ्दा प्रतितोला ९६ हजार ७ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ। बुधबारका प्रतितोला १२ सय ५० रुपैयाँ कायम भएको छ। मंगलबार २० रुपैयाँ बढ्दा प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रतिऔंस १८२३.९३ डलर भएको सुनको मूल्य कमजोर हुँदै बुधबार प्रतिऔंस १८०७.१८ डलरमा कारोबार भइरहेको छ। चाँदीमा झिनो अन्तर छ। मंगलबार प्रतिऔंस २१.५२ डलर थियो, बुधबार प्रतिऔंस २१.५५ डलर छ ।