सिम्रिक एयरका सबै हेलिकप्टरलाई अनिश्चितकालका लागि उडानमा रोक
वि.सं.२०८० वैशाख २३ शनिवार १०:१५
5.53K
shares
shares

काठमाडौं, २२ वैशाख । सिम्रिक एयरका कुनैपनि हेलिकप्टरले उडान भर्न नपाउने भएका छन् । सिम्रिकको एक हेलिकप्टर शुक्रबार संखुवासभामा दुर्घटनामा परेको थियो । उक्त घटना पछि नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिकका सबै हेलिकप्टरलाई अनिश्चितकालका लागि उडानमा रोक लगाएको हो ।
प्राधिकरणको सेफ्टी विभागले सिम्रिकका सबै हेलिकोप्टरको विस्तृत निरीक्षण, वायुयानको उडान योग्यता, हवाई सुरक्षा व्यवस्थापन प्रणालीको अडिट गर्ने जनाएको छ । योसँगै सिम्रिकका बाँकी रहेका तीन हेलिकप्टरले पनि उडान भर्न पाउने छैनन् ।

















