जनता असन्तुष्ट छन्, नयाँपन खोजिरहेका छन् : डा. बाबुराम भट्टराई
वि.सं.२०८० जेठ १ सोमवार १६:३८
shares

काठमाडौं, १ जेठ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले जनताले खोजेको र चाहेको कुरा दिन नसक्दा देशको परिस्थिति फरक हुँदै गएको बताएका छन् । काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका डाक्टर भट्टराईले वैज्ञानिक भूमि सुधार लागू गरेर किसानहरुलाई जमिनमा पहुँच दिन नसक्नु गलत भएको बताए ।
यस्तै शिक्षा स्वास्थ्य र सामाजिक सुरक्षामाथि सबै जनताको अधिकार स्थापित गर्न नसक्नु र उद्योग धन्दा खोलेर रोजगारी सिर्जना गर्न नसक्दा जनतामा व्यापक असन्तुष्टि पलाएको उनको निष्कर्ष छ ।
उनले भने ‘ हाम्रो क्रान्ति एक प्रकारको हलाल क्रान्ति थियो छिनाल क्रान्ति थिएन ।
त्यसले गर्दा कतिपय यर्थाथीवादी सत्यहरु, अलिकति पश्चगामी सत्यहरुसंग पनि हामीले सम्झौता गर्न बाध्य भयौं । त्यसले गर्दा हामीले जुन प्रकारका नीतिहरु सञ्चालन गर्न सक्नु पथ्यो, त्यो सकेनौ,जस्को कारण जनताको विश्वास हामीबाट उड्दै गयो । ’
अध्यक्ष भट्टराईले अहिले जनतामा असन्तुष्टि रहेको चर्चा गर्दै उनीहरुले नयाँपन खोजीरहेको अवस्थामा दल र नेताहरुले सच्चिनुको विकल्प नरहेको बताए ।

















