Dhulikhel Eco Banner new

सांसद राजकिशोर यादवले भने : नीति तथा कार्यक्रम ‘कन्फ्यूजन’को सञ्जाल

4.33K
shares

काठमाडौं ८, जेठ । जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले सरकारबाट नीति तथा कार्यक्रम ‘कन्फ्युजन’को सञ्जाल भएको टिप्पणि गरेका छन् ।

सोमबार नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा संसदमा बोल्दै उनले नीति तथा कार्यक्रमले अहिलेको यथार्थलाई सम्बोधन गर्न नसकेको दाबी गरे ।

उनले भने,‘नीति तथा कार्यक्रम आफैंमा ‘कन्फ्युजन’को सञ्जाल जस्तो भएको छ । आजको यथार्थ के भन्नेमा स्पष्ट हुनुपर्छ । समस्याहरु के–के हुन् भन्नेमा उपचार गर्न लाग्नुपर्छ । यहीँबाट हामीले यात्रा तय गर्न सक्नुपर्छ । पोलिसीमा डिपाचार नगर्ने, कामहरु टालटुल पाराले गर्ने, अनि नयाँ नेपाल बनाउँछु भनेर गफ गरेर हुँदैन ।’

अहिलेको विश्व अर्थ राजनीतिमा देखा परेका समस्या समाधान गर्न सबै सचेत हुनुपर्ने उनको भनाई छ ।