बजेटप्रति प्रेम सुवालको आपत्ति, चुरे दोहन गर्न लागिएको आरोप
वि.सं.२०८० जेठ १५ सोमवार १९:२९
4.15K
shares
shares

काठमाडौं, १५ जेठ । नेमकिपाका सांसद प्रेम सुवालले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको विरोध गरेका छन् । चुरे दोहन गर्ने गरी बजेट आएको भन्दै उनले यसको विरोध गरेका हुन् ।
सांसद सुवालले गाँजा खेति सम्बन्धी अध्ययन गर्ने व्यवस्थाको पनि विरोध गरे । उनले शिक्षाका लागि बजेटले धेरै कुरा नसमेटेको आरोप समेत लगाए । ‘धेरै विद्यालयको कुरा आएको छ, भक्तपुरको ख्वप कलेजको कुरा आएको छैन’ उनले भने, ‘१८ वर्ष माथिका युवालाई सैन्य तालिम दिने कुरा पनि आएको छैन ।

















