प्रधानमन्त्री दाहाल खप्तड जाँदै
वि.सं.२०८० जेठ २३ मंगलवार १०:०३
3.9K
shares
shares

काठमाडौं, २३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रसिद्ध, धार्मिक एवम् पर्यटकीय स्थल खप्तड जाँदैछन् । खप्तडमा आज(मंगलबार)देखि सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि उनी खप्तड जान लागेका हुन ।
सम्मेलनको उद्घाटनका क्रममा योग गुरु रामदेव, पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण, चतरामा बस्दै आएका महायोगी जगत् गुरु शिद्धबाबा कृष्णदास महाराजलगायतको उपस्थिति रहने छ ।
सम्मेलनको पहिलो दिन बाबा रामदेव र त्यसपछिका दुई दिन आचार्य बालकृष्णले योगा गराउने कार्यक्रम रहेको छ ।



















