Dhulikhel Eco Banner new

भैरहवामा जेठभित्र वैदेशिक रोजगार कार्यालय स्थापना हुने

6.11K
shares

काठमाडौं, ६ जेठ । भैरहवामा जेठ महिना भित्र वैदेशिक रोजगार कार्यालय स्थापना हुने भएको छ। भैरहवामा उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जेठ महिना भित्र भैरहवामा श्रम कार्यालय स्थापन गर्ने घोषणा गरेका हुन् ।

भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै त्यहाँबाट समेत वैदेशिक रोजगारीमा जाने सक्ने भन्दै यस्तो व्यवस्था गर्न लागिएको मन्त्री श्रेष्ठले बताएका छन् । सो विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई सरल र सहज सेवा दिनका लागि त्यहाँ श्रम कार्यालय खोल्न लागिएको बताइएको छ ।

भैरहवामा उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले वैदेशिक रोजगार कार्यालयका साथै, म्यानपावर कम्पनिका शाखा, अभिमुखिकरण तालिम दिने संस्था र स्वास्थ्य परीक्षण गर्ने संस्थाहरु पनि जेठ मसान्तसम्म स्थापनन गरिने बताए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, उद्योगी व्यवसायी सहित सरोकारवलाहरुले वैदेशिक रोजगारीमा जानुअघि श्रमिकले पूरा गर्नुपर्ने सवै प्रकृया भैरहवाबाटै पुरा हुनुपर्ने माग गरेका थिए ।

सो अवसरमा मन्त्री श्रेष्ठले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको श्रमिक सहायता कक्षको पनि अवलोकन गरेका थिए । विमानस्थलमा श्रमिकका लागि छुट्टै प्रवेशद्वार नराखि सम्मानजनक व्यवहार गर्न पनि मन्त्री श्रेष्ठले विमानस्थल प्रशासनलाई निर्देशन दिएका छन् । गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत रोजगारीका लागि विदेश जान पाइने भए पछि काठमाडौं नै आउनु पर्ने बाध्यताको समयत अन्त्य हुने विश्वास गरिएको छ ।