सहकारीले ठगेको रकम राज्यकोषबाट दिने व्यवस्था गर्न पीडितको माग
वि.सं.२०८० जेठ ३० मंगलवार १८:०४
shares

काठमाडौं, ३० जेठ । सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समिति रकम ठगी गर्ने सहकारीविरुद्ध निरन्तर संघर्ष गर्दै आएको छ । काठमाडौंको माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा सहकारी पीडित बचतकर्ताहरुले बचतकर्ताको निक्षेप रकम सावा व्याजसहित फिर्ता गर्नुपर्ने र सहकारी पीडितहरुलाई राज्यकोषबाट रकम दिने व्यवस्था गर्नुपर्ने मागसहित आन्दोलित भएका हुन् ।
आन्दोलनमा पीडित जगदीश रञ्जितले करिब ३ हजार बचतकर्ताको बचत लापरबाही तरिकाले ठगी भएको भन्दै मुलुकमा राज्य नै नभएको आभास बताए । उनले सहकारी विभाग, सहकारी मन्त्रालय, सीबीआई, प्रहरी सबै स्थान जाँदा पनि न्याय नपाएको उल्लेख गर्दै अहिले सडकमा आएर आन्दोलित हुनु परेको बताए ।
उनले भने, सबै पैसा विभिन्न आफ्नो निजी संस्थामा लगानी ग¥र्यो, अहिले पैसा छैन् । अहिले हाम्रो करिब ३ हजार बचतकर्ताको बचत लापरबाही ठगी भएको छ । यहा राज्य पनि छैन । हामीले सहकारी विभाग, सहकारी मन्त्रालय, सीबीआई, प्रहरी सबै स्थानमा गएपछि हामी अन्तिममा आएर प्रदेश सरकारको निवेदन दिएपछि अहिले मुद्दा चलाएका छौं । नत यहाँ राज्य छ, नत यहाँ सरकार छ । यहाँ कोही छैन । देशमा हजारौं हजार सहकारी छ र सबै सहकारीबाट ठगी मात्र भईरहेको छ । यहाँ राज्य नै छैन ।’
पीडित रञ्जितले बचतबाट ५ प्रतिशत ब्याज सरकार खान्छ तर दायित्व र जिम्मेवारी लिने समयमा सबै जना पछि हटेको भन्दै गुनासो पनि गरेका छन् ।
उनले भने, गृहमन्त्री आउछँ जिम्मेवारी लिदैन्, सहकारी विभाग, सरकार कोही जिम्म्मेवारी लिदँैन । हाम्रो अभिभावक को हो ? सरकार होईन हाम्रो अभिभावक, सरकारले जिम्मेवारी लिनु पर्दैन्, हाम्रो बचतबाट ५ प्रतिशत व्याज खाने सरकार, यो दायित्व कस्को हो, जिम्मेवारी कस्ले लिने हो । जनता कति भोक भोकै मरिसक्यो, उपचार गर्न नपाएर कति मान्छेको ज्यान गएको छ । यसको नैतिक जिम्मेवारी कसले लिने, दायित्व कस्को हो ?



















