Dhulikhel Eco Banner new

कृषि विकास बैंकले ल्यायो ऋणीलाई बम्पर प्याकेज, असारभित्रै ऋण तिरे ७ प्रतिशत छुट

17.85K
shares

काठमाडौं, ८ असार । कृषि विकास बैंकले आफ्ना ऋणीहरुका लागि बम्पर छुट घोषणा गरेको छ । बैंकले असार मसान्त सम्म बैंकलाई बुझाउनु पर्ने सम्पूर्ण ब्याज रकम चुक्ता गरेमा भुक्तानी गरेको व्याज रकममा ७ प्रतिशत छुट दिने भएको हो ।

थप जानकारीका लागि आफुले कारोबार गरिरहेको कृषि विकास बैंकको शाखामा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ । पछिल्लो समय नेपाली अर्थतन्त्रमा देखिएका विभिन्न समस्याका कारण बैंकवाट कर्जा लिई कारोवार गरिरहहेका व्यवसायीहरुको व्यययोग्य आयमा भएको कमीका कारण कर्जा असुलीमा समस्या परेको तथा कर्जा ग्राहकहरुले यस्तो विषम परिस्थितिमा बैंकले प्रदान गरेको छुट सुविधावाट केही भएपनि राहत महसुस गरुन भनी बैंकले यो प्याकेज ल्याएको बताएको छ ।

विशेष गरी दुर्गम तथा ग्रामीण इलाकामा बसोवास गर्ने र कृषि पेशामा आवद्ध परिवारमा बैंकको कर्जा वढी लगानी रहेकोले त्यस्ता खालका ग्राहकहरुले यस छुट सुविधावाट लाभ लिन सक्ने तथा यो व्यवस्थामा बैँकले तोकेका शर्तहरु समेत लागु हुने बैंकले जनाएको छ ।