Dhulikhel Eco Banner new

२० वर्ष पुराना सार्वजनिक सवारी हटाउने निर्णय खारेज गर्न माग गर्दै यातायात व्यवसायीको प्रदर्शन

6.25K
shares

काठमाडौं, १४ असार । यातायात व्यवसायीले २० बर्ष पुराना सार्वजनिक यातायात हटाउने सरकारको निर्णय विरुद्ध अन्दोलत थालेका छन । आज सितापाइलाबाट ट्याक्सी, ट्रक, टिप्पर, खानेपानी ट्यांकर, साना ढुवानी गाडी, टेम्पो, माइक्रोलगायत सवारीको र्‍याली निकालेर विरोध जनाएका हुन ।

यातायात व्यवसायीले २० बर्ष पुराना सवारी हटाउँने निती खारेज, रातो प्लेटवाला सवारीले यात्रु बोक्न पाउने नीति खारेज गर्नुपर्ने,ट्याक्सी स्टेण्डको अनिवार्य व्यवस्था गर्नुपर्ने माग राखेका छन् । ट्याङ्कर व्यवसायीले खानेपानी ट्याङ्करलाई विकल्पसहित व्यवस्थापन गर्न,ट्राफिक ज्यादती बन्द गर्न र २० बर्षै अवधि खारेज गर्न माग राखेका छन ।

त्यस्तै ट्याक्सी व्यवसायीले ट्याक्सी स्ट्यान्ड हुनुपर्ने,रातो नम्बर प्लेटका सवारीसाधनले भाडामा यात्रु ओसारपसार बन्द गर्नुपर्ने माग रोखका छन ।