Dhulikhel Eco Banner new

ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन नबनाउँन महानगरको चेतावनि, बजेट प्रति सांसद मिश्रको गुनासोदेखि सुनको मूल्य घटेसम्म

4.39K
shares

काठमाडौं, १९ असार । साताको कारोबारको देस्रो दिन शेयर बजारमा गिरावट आएको छ । आज २१ दशमलव ३२ अंकले गिरावट आएको शेयर बजार परिसूचक २०७५ दशमलव ९७ विन्दुमा पुगेको छ ।
सोमबार २७६ कम्पनीका ९४ लाख १८ हजार ९५२ कित्ता शेयर खरिद बिक्री हुँदा ४ अर्ब ५ करोड १० लाख ७८ हजार ३७५ रुपैयाँको कारोबार भएको छ ।  त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । आज ४ दशमलव १७ अंकले घटेको सेन्सेटिभ इन्डेक्स ३८६ दशमलव ३५ विन्दुमा पुगेको छ ।

अहिले पनि पहिला झै देश उन्मुख बजेट आउन नसकेको सांसद मिश्रको गुनासो

 राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले अहिलेपनि पहिले झै देश उन्मुख बजेट नआएको बताएका छन् । सोमबार राष्ट्रिय सभाको बैठकमा भएको विनियोजन विधेयकमाथिको छलफलमा सांसद मिश्रले बजेट कहिले विराटनगरमुखी, कहिले झापा उन्मुख भएर मात्र आउने गरेको भन्दै देश उन्मुख बजेट आउन नसकेको गुनासो गरे ।
विनियोजन विधेयकको समयमा कार्यन्वयन गर्ने र नगर्ने व्यक्ति र संस्थालाई पुरस्कार र दण्डको व्यवस्था गर्नुपर्ने उनको भनाई छ ।

एक सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदी भने स्थिर
नेपाली बजारमा आज सुनको मूल्य एक सय रुपैँयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा १०० रुपैयाँले घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम छ । यस्तै, आज चाँदीको मूल्य भने आज स्थिर कायम भएको छ । हिजो आइतबार तोलामा १३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन नबनाउन महानगरको चेतावनी
काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन निर्माण नगर्न चेतावनी दिएको छ । सोमबार एक सूचना जारी गर्दै महानगरले सो क्षेत्रमा भवन निर्माण गर्न स्वीकृति नदिने र निर्माण भइरहेका संरचनाको काम समेत रोकिएको जनाएको हो । सूचना उलङ्घन गरी सो क्षेत्र भित्र भवन निर्माण गरेमा ती संरचना महानगरले संरचना भत्काउने र भत्काउँदा लागेको खर्च समेत सम्बन्धित घरधनीबाट असुल उपर गर्ने चेतावनी सूचनामा दिइएको छ ।

कानून व्यवसायीहरु आन्दोलित : अब भ्रष्टाचारीलाई कसैले बचाउन नसक्ने दावी

कानून व्यवसायीहरुले जिल्ला अदालत ललितपुरमा विरोध प्रदर्शन गरेका छन् । सोमबार जिल्ला अदालत ललितपुरका नासु प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछानेबीचको विवादपछि हात हालाहाल भएको घटनालाई लिएर कानून व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।

आइतबार नै नेपाल बार एशोसिएशनले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा सोमबार बहस पैरवी नगर्ने घोषणा गरेको थियो । सोही अनुसार आज उनीहरुले आन्दोलन गरेका हुन् । विरोध प्रर्दशनमा नेपाल बार एशोसिएशनमा अध्यक्ष गोपाल प्रसाद घिमिरेले भ्रष्ट्राचार गर्ने घुस खोरविरुद्धको अन्दोलन भएकाले खुस नखाने न्यायाधीश र कर्मचारीहरू नडराउन र नआत्तिन आग्रह गरे ।