एमालेले अवरोध नगरे मिटरब्याजीलाई ठेगान लगाउने विधेयक आज संसदमा पेश हुने
वि.सं.२०८० असार २२ शुक्रवार ०८:४८
shares

काठमाडौं, २२ असार । प्रतिनिधि सभाले मिटरब्याजपीडितका समस्या सम्बोधनका लागि सरकारको सिफारिसमा जारी अध्यादेश प्रतिस्थापन विधेयक अघि बढाउने तयारी गरेको छ । संविधानले तोकेको समयभित्र प्रतिस्थापन विधेयक पारित नभएपछि अध्यादेश निष्व्रिmय भइसकेको छ । अध्यादेश निष्व्रिmय भएपछि सभाले विचाराधीन विधेयकलाई भने अघि बढाउने तयारी गरेको हो ।
बुधबार प्रतिपक्षी दलहरूको अवरोधका कारण अघि नबढेको उक्त विधेयकलाई शुव्रmबारको सम्भावित कार्यसूचीमा सभाले सामेल गरेको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले विधेयकलाई सम्भावित कार्यसूचीमा राखिएको बताए ।


















