फेकोन अध्यक्षका लागि प्रज्वल बस्नेत प्यानलसहित चुनावी मैदानमा
वि.सं.२०८० असार २२ शुक्रवार ०९:०५
shares

काठमाडौं, २२ असार । शनिबार हुने स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (फेकोन) को अध्यक्षमा प्रज्वल बस्नेतले उम्मेदवारी दिएका छन् । बस्नेत प्यानलसहित फेकोनको चुनावी मैदानमा उत्रिएका हुन् ।
बस्नेत हाल फेकोनको वरिष्ठ उपाध्यक्ष हुन् । बस्नेत नेतृत्वको प्यानलमा उपाध्यक्षमा हेमन्त राज दुलाल, अर्जुन कुमार बस्नेत र गगन विष्ट छन् ।
यसैगरी बस्नेतको प्यानलबाट महासचिवमा अहिलेका कोषाध्यक्ष अनिल शर्माले उम्मेदवारी दिने भएका छन् । सचिवमा अमित खड्का र आरसी केसी, कोषाध्यक्षमा दिपा लामिछाने र सहकोषाध्यक्षमा राजेश केसीले बस्नेत नेतृत्वको प्यानलबाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।
फेकन नयाँ कार्यसमिति सदस्यमा कृष्ण भट्टराई, मदन उप्रेती, रेशम भट्टराई, निराजन सिवाकोटी, प्रज्वल खत्री, नरेस सेढाई र सन्तोष बस्नेतले उम्मेदवारी दिने भएका छन् ।


















