Dhulikhel Eco Banner new

भुक्तानी नपाएपछि व्यवसायीले लगाए सोरु गाउँपालिकामा ताला

4.97K
shares

काठमाडौं, २६ असार । मुगु जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाको कार्यालयमा व्यवसायीले तालाबन्दी गरेका छन् । सोरु गाउपालिकाको केन्द्रमा रहेको सोरुकोटका पसले तथा होटल व्यावसायीसंग गाउँपालिकाले कार्यालय प्रयोजनका लागि लिएको सामाग्री तथा खाजा खर्चको रकम भूक्तानी नपाएपछि कार्यालयमा सोमबार ३ बजेपछि व्यवसायीले तालाबन्दी गरे ।

गाउँपालिकाले दर्जन बढी व्यवसायीका ५० लाख बढी रकम तिर्न बाँकी रहेको व्यवसायीहरुको दावी छ । व्यवसायी उब्जन बुढा भन्छन्, ‘निवर्तमान जनप्रतिनिधीहरुले कार्यालय प्रयोजनका लागि लिएको विभिन्न सामाग्रीको हाल सम्म गाउँपालिकाले भुक्तानी दिएको छैन । यहाँ आएका हरेक व्यवसायीले न्युनतम पनि एक लाख रुपैयाँ उठाउन बाँकी छ ।

तर, गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले स्पस्ट कुरा बताउन नखोजेर उक्त विषयलाई सामान्य भएको बताउँदै प्रश्नबाट भाग्न खोजे । शाहीले भने,‘यो विषय सामान्य हो,अरु बताउन जरुरी छैन ।’ गाउँपालिकामा लगाइएको ताला अझै खुलेको छैन ।