Dhulikhel Eco Banner new

‘ब्याजदर–वार नहुन ल्याइएको भद्र सहमति तोडिए पनि ब्याजदर बढ्दैन’

5.9K
shares

काठमाडौं, २८ असार । नेपाल बैंकर्स संघले निक्षेपको ब्याजदरमा गर्दै आएको भद्र सहमति खारेज गरेको छ । योसँगै साउन १ गतेदेखि अब बैंकहरुले आफ्नो अनुकुल ब्याजदर तोक्ने छन् । भद्र हसमति तोडिदा बैंकिङ क्षेत्रमा कस्तो असर पर्ला भन्ने सर्वत्र चासो छ ।

बैंकिङ विज्ञ अनलराज भट्टराईको बुझाईमा यो भद्र सहमति हट्ने वित्तिकै ब्याजदर बढिहाल्ला कि भनेर डराउनु पर्ने अवस्था छैन । पहिले बैंकको ब्याजदर बजारले निर्धारण गथ्र्यो । तरलता संकट भएपछि अस्वस्थ प्रतिष्पर्धा नहोस् भनेर बैंकहरुले भद्र सहमतिको सुरुवात गरेका थिए ।

कुनै ठूला बैंकहरुले साना बैंकहरुलाई दवावमा राख्न अस्वभाविक रुपमा ब्याजदर बढाउने गरेका थिए । ब्याजदर वार नहोस् भन्ने भावनाले भद्र सहमतिको नीति लिएको भट्टराई बताउछन् । २०÷२२ जनाको समूह बनेर निर्णय गर्नु हुँदैन भन्ने भावना पनि एकतर्फी थियो । राष्ट्र बैंकले पनि ब्याजदर तलमाथि नहुनका लागि केही एक्सनहरु लिदै गरेको हो ।

भावनात्मक र अर्थतन्त्रका हिसाबले ब्याजदर सीमामा राख्नका लागि गरिएको यो काम ठिकै थियो । अब यो हट्दा पनि निकै ठूलो असर नगर्ने उनको भनाइ छ । ‘अब केही महिना धेरै ऋण जादैन, यो अवसर पनि हो । अवसर र चुनौती दुबै छ’ उनले भने, ‘पहिलेको जस्तो अब प्राइस वार नहोला । निक्षेप बढाएर मात्रै पनि लगानी गर्ने धेरै ठाउँ छैन ।’

Follow Up

ब्याजदरमा ‘कार्टेलिङ’ नगर्ने बैंकका सीईओहरुको निर्णय

ब्याजदरमा ‘कार्टेलिङ’ नगर्ने बैंकका सीईओहरुको निर्णय