Dhulikhel Eco Banner new

ब्याजदरमा ‘कार्टेलिङ’ नगर्ने बैंकका सीईओहरुको निर्णय

6.03K
shares

काठमाडौं, २८ चैत । निक्षेपको ब्याजदर सम्बन्धी बैंकका सीईओहरुले गर्दै आएको भद्र सहमति तोडिएको छ । बैंकको ब्याजदर अस्वभाविक रुपमा तलमाथि नहोस् भनेर बैंकका सीईओहरुको संगठन नेपाल बैंकर्स संघले भद्र सहमति गरेर ब्याजदर तोक्ने गरेको थियो ।

साउन १ देखि अब बैंकहरुले आफ्नो अनुकुल अनुसार ब्याजदर तोक्न सक्ने संघले निर्णय गरेको हो । बैंकहरुले यसरी ब्याजदर तोक्दा समग्रमा हितकर नै हुने भएपनि यसअघि बैंकहरुले ब्याजदरको सीमा तोक्दा ‘कार्टेलिङ’ गरेको भन्दै आलोचना समेत हुने गरेको थियो ।

Follow Up

‘ब्याजदर–वार नहुन ल्याइएको भद्र सहमति तोडिए पनि ब्याजदर बढ्दैन’

‘ब्याजदर–वार नहुन ल्याइएको भद्र सहमति तोडिए पनि ब्याजदर बढ्दैन’