Dhulikhel Eco Banner new

शेयर बजारमा सुधार, कारोबार रकम ३ अर्ब ३४ करोड

8.96K
shares

काठमाडौं, ३ साउन। साताको कारोबारको चौथो दिन आज शेयर बजारमा ११ अंकको सुधार आएको छ । आज ११ दशमलव १७ अंकले सुधार आएर शेयर बजार परिसूचक २१६५ दशमलव २४ विन्दुमा पुगेको छ ।

बुधबार २६० कम्पनीका ८६ लाख ७४ हजार १०९ कित्ता शेयर खरिद बिक्री हुँदा ३ अर्ब ३४ करोड ८६ लाख ६९ हजार ९०० रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज ३ दशमलव ३३ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ४१० दशमलव ४६ विन्दुमा पुगेको छ ।