बीमा प्राधिकरण आफै अलमलमा, पुँजी पुर्याउन नसक्नेलाई के गर्ने !
वि.सं.२०८० साउन ४ बिहीवार ०९:२५
shares

काठमाडौं, ३ साउन । बीमा प्राधिकरणले तोके अनुसारको चुक्ता पुँजी पुर्याउन केी बीमा कम्पनीहरु असफल भएक छन् । तोकेको मिति पुगिसक्दा समेत नियामक निकाय बीमा प्राधिकरण अब के गर्ने ! भन्ने विषयमा अलमलमा छ ।
प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ न्यूनतम चुक्ता पुँजी तोकेको थियो । यसअघि जीवन बीमा कम्पनीको २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको १ अर्ब रुपैयाँ न्यूनतम चुक्ता पुँजी हुने व्यवस्था थियो ।
मर्जरमा नै नगएका कम्पनीलाई प्राधिकरणले के गर्न भन्ने विषयमा ट्ङगो लागि नसकेको प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलले केटिएम भ्वाइसलाई बताए । उनका अनुसार अहिलेसम्म पुँजी पुर्याउन नसक्नेमा प्रभु इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स कम्पनी रहेका छन् ।
नेपाल इन्स्योरेन्सले भने जग्गा बिक्री गरेर पुँजी पुर्याउने जानकारी प्राधिकरणलाई दिइसकेको पौडेलले बताए । उनले उक्त कम्पनीले टेन्डर आह्वान गरिसकेको समेत बताए । हालसम्म नेपाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ४९ करोड रुपैयाँ रहेको छ ।
प्रभुलाइफ इन्सुरेन्सले भने विदेशी (पाटनर) लेराएर चुक्ता पुँजी पुर्याउने जानकारी उक्त कम्पनीले प्राधिकरणलाई दिएको उनले बताए । उनले अब बाकीँ बोर्डले छलफल गर्ने बताए ।
प्राधिकरणले २०७८ चैतमा बीमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी बढाउने निर्णय गरेको थियो । त्यसको लागि पहिलो पटक २०७९ चैत मसान्तसम्मको म्यााद दिइएको थियो । तर, त्यस अवधिमा अधिकांश कम्पनीले तोकिएको चुक्ता पुँजी नपुर्याएपछि फेरि समय थप गरेर असार मसान्तसम्मको म्याद थपिएको थियो ।

















