GBIME

लघुवित्तविरुद्धको अराजक समूहसँग वार्तामा बस्न अर्थले माग्यो गृहको साथ

2.84K
shares

काठमाडौं, १२ साउन । लघुवित्त पीडितसँग वार्ताका लागि समन्वय गरिदिन अर्थमन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको छ । लघुवित्त पीडितहरुले अहिले आन्द्योलन गरिरहेका छन् । केही पूरा हुँनै नसक्ने मागहरु समेत राखेर आन्दोलनमा होमिएकाहरुसँग वार्ता गर्न अर्थमन्त्रालयले एक समिति बनाएको छ ।

मन्त्रालयले बनाएको वार्ता समितिको संयोजक वित्तीय व्यवस्थापन महाशाखाका सहसचिव भुपाल बराल छन् भने गृहमन्त्रालय, कानून मन्त्रालय र राष्ट्र बैंकका प्रतिनिधि उक्त समितिको सदस्य रहने भनिएको छ । सो वार्ता समितिसँग वार्तामा बस्नका लागि अर्थमन्त्रालयले बिहीबार गृहलाई पत्राचार गरेको हो । अर्थ मन्त्रालयकी शाखा अधिकृत अनिता शाहले हस्ताक्षर गरेको पत्रको बोधार्थ काठमाडौंका सीडीओलाई समेत दिइएको छ ।

लघुवित्त वित्तीय संस्थाहरु भनेका बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार सञ्चालित संस्था हुन् । यि संस्थाहरुको नियमन तथा सुपरीवेक्षण नेपाल राष्ट्र बैंकले गर्छ । लघुवित्त पीडित भनिएकाहरु कतिपय अराजक समेत छन् । उनीहरुका केही मागहरु जायज भएपनि लघुवित्त संस्थाहरुको खारेजी, ऋण लिए पछि तिर्न नपर्ने जस्ता पूरा हुनै नसक्ने मागहरु समेत अघि तेर्साएका छन् ।

Follow Up

सिवाईसी लघुवित्तद्वारा नियम कानूनको बर्खिलाप, डोलेन्द्रलाई कसरी मिल्यो राष्ट्र बैंकलाई नटेर्ने हिम्मत ?

सिवाईसी लघुवित्तद्वारा नियम कानूनको बर्खिलाप, डोलेन्द्रलाई कसरी मिल्यो राष्ट्र बैंकलाई नटेर्ने हिम्मत ?

सिवाईसी लघुवित्तमा डोलेन्द्रको रजगज, राष्ट्र बैंक बन्यो मुकदर्शक

सिवाईसी लघुवित्तमा डोलेन्द्रको रजगज, राष्ट्र बैंक बन्यो मुकदर्शक

‘लघुवित्तका विषयमा नबुझि कोहि अनसन बस्छ भने तिनीहरुलाई टिपेर फोहोरमा फाल्नुपर्छ’ (भिडियो सहित)

‘लघुवित्तका विषयमा नबुझि कोहि अनसन बस्छ भने तिनीहरुलाई टिपेर फोहोरमा फाल्नुपर्छ’ (भिडियो सहित)