Dhulikhel Eco Banner new

अमेरिकी डलरको मूल्य बढ्यो, कुन देशको विनिमय दर कति ? 

5.88K
shares
काठमाडौं, १३ साउन  । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।  जसअनुसार आज अमेरिकी डलरको भाउ सामान्य बढेको छ । आज १ रुपैयाँले बढेको अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ३० पैसा र बिक्री दर १३१ रुपैयाँ ९० पैसा पुगेको छ ।
त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ०८ पैसा र बिक्री दर १४४ रुपैयाँ ७४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २९पैसा र बिक्री दर १६९ रुपैयाँ ०६ पैसा रहेको छ ।
शुक्रबार युरो १४५ रुपैयाँ ७० पैसा र बिक्री दर १४६ रुपैयाँ ३७ पैसा थियो । पाउण्डको मूल्यमा पनि आज गिरावट आएको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०४पैसा र बिक्री दर ३६ रुपैयाँ २१ पैसा रहेको छ । त्यस्तै, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।