नयाँ मेयर कुर्दै दुर्गन्धित काठमाडौं !
वि.सं.२०७९ जेठ ९ सोमवार १३:४८
shares

काठमाडौं, ९ जेठ । काठमाडौं महानगरपालिकामा सबैतिर चुुनावको माहोल छ । कसले कत्ति मत ल्याए भन्नेमा सबैलाई ध्यान केन्द्रीत छ ।
बालेनले कत्ति मत ल्याए भन्ने विषयमा सबैको ध्यान गएको छ तर बाटो हिड्न नसकिने दुुरगन्धित बनेको छ । फोहोर थुप्रिएर हिड्ने ठाँउ छैन, त्यसमा कसैको ध्यान गएको देखिदैन् । बाटोमा ह्डिदा मुख छोपेर हिड्नुु पर्ने अवस्था छ । जहिल्यै बाटोमा फोहोरको डङगुुर सधैभरि तर्किएर हिड्नुपर्छ ।
अहिले काठमाडौंको फोहोरले नयाँ आउने मेयरलाई कुरीरहेको देखिएको छ । स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह अगाडि रहेका छन् ।
कुनैबेला कान्तिपुरी नगरी भनेर चिनिने काठमाडौं अहिले कुुरुप बनेको छ । यसलाई व्यवस्थापन गर्ने काठमाडौंलाई सफा र सुुन्दर बनाउने कुरामा कसैको पनि ध्यान गएको देखिदैन् । सरकारी निकाय, स्थानिय अगुवाहरु पनि बरु मुुख छोपेर हिड्छन् तर त्यसलाई कसरी नियन्त्रण गर्ने भन्ने तिर ध्यान पुु¥याउन सकेका छैनन् ।
गर्न नसकिने भन्ने होइन गर्दा जे पनि सम्भव हुुन्छ । काठमाडौं महानगरपालिकासँगै जोडिएको ललितपुुर महानगरपालिकामा भने फोहोर भन्ने देख्न पाईदैन । फोहोर व्यवस्थापन गर्न धेरै ठुुलो कुुरा पनि होइन । तर काठमाडौंमा भने सँधै भरि फोहोरै चिन्ता भइरहेको हुन्छ ।

काठमाडौंका पवित्र धार्मिक स्थतहरुमा समेत फोहोरको डङ्गुर देखिन्छ । उपत्यकाबाहिरबाट काठमाडौंका मठमन्दीमा दर्शन गर्न आएकाहरु समेत त्यो फोहोर देखेर दिक्क भएका छन् । उनीहरु काठमाडौं आउँदा जुन दृश्य बनाएर आएका हुन्छन त्यसको ठिक उल्लो पाउँछन् र मनै खिन्न पारेर जान्छन् । मन्दिरमा पुजा गर्न आउने भक्तजन समेनले पनि आन्नदले पुुजा गर्नुको साटो मुुख छोपेर छिटो छिटो सकेर त्यहाँबाट निस्कनु पर्ने अवस्था देखिन्छ ।
चारैतिर फोहोर छ । बाटोमा हिड्दा नाक छोपेर हिड्नुुपर्छ । फोहोर लिने गाडी कहिले एक हप्तामा आउछ भने कहिले पन्ध्र दिनमा आउछ । यसलाई नियमित र निश्चित समय बनाएर अघि बढाउन सकियो भने फोहोर व्यवस्थापन गर्न सकिन्छ ।
पछिल्लो समय दिनहुँ जसो वर्षा समेत भइरहेको हुन्छ । वर्षाले फोहोरमैला बगाएर पोेखरी, तथा खोलानालामा मिसिएर सम्पूर्ण वातावरणलाई नै दुुर्गन्धित बनाउनका साथै मानव स्वास्थ्यमा पनि प्रत्यक्ष रुपमा असर पारिरहेको छ । यस तर्फ सम्बन्धित निकायको समयमै ध्यान जान जरुरी देखिन्छ ।

फोहोरले दुुर्गन्ध फैलाउदै गर्दा विभिन्न किटाणुु हावाको माध्यमबाट घरभित्र पसी हाम्रो दैनिक खानेकुरामा मिसिएर सङक्रामक रोग फैलाउने गर्छ । जसले गर्दा मानव शरीरमा विभिन्न प्रकारका रोगहरु लाग्ने सम्भावना समेत बढ्छ ।
आमा मानिसमा छाला चिलाउने, वान्ता हुुने जस्ता रोगहरु देखिने गर्दछन् । पानी र खानेकुुराको माध्यमबाट विशेष गरी झाडापखाला ज्वरो, हैंजा जन्डिस, फुुड पोइजन जस्ता सरुवा रोगहरुको प्रकोप बढेर जान्छ । साथै हेपटाइटिस ए र ई, आउँ रगत टाइफाइड जस्ता रोग फैलिने भएकाले फोहोरलाई नियन्त्रण गर्न आवश्यक छ । यस्ता रोगहरुले मानसिक रुपमा पनि असर गर्छ ।
निरन्तर वर्षा भईरहेका कारण फोहोर साइडमा लान नसकिएका कारण अहिलेको अवस्था आएको काठमाडौं महानगरपालिका वातावरण विभागका प्रमुख सरिता राईले बताईन् । उनी भन्छिन्– ‘डम्पिङ साईडमा एकदम हिलो भएर फोहोर उठाउन सकिएन गाडीहरु लाईनमा छन् । फोहोर फाल्न जाने साइडको रोड कच्ची भएका कारण वर्षा भएको समयमा निक्कै समस्या हुुन्छ ।’
महानगरले दैनिक रुपमा फोहोर उठाउने व्यवस्था गरेपनि स्थानिय बासीहरुको लापरबाहीले गर्दा फोहोर नियन्त्रण हुुन नसकेको उनको भनाई छ । ‘बेलुुका फोहोर उठाए पनि स्थानियले बिहान फोहोर त्यही ल्याएर पोखिदिने कारण समस्या भएको छ । अब निरन्तर रुपमा डम्पिङ साइड जाने बाटो डोजरहरुले बनाइरहेका छन् । बाटो बनिसकेपछि भारी वर्षा भएन भने फोहोर नियन्त्रण हुुन्छ,’ उनले भनीन् ।

















