Dhulikhel Eco Banner new

माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडको हकप्रदमा बुक क्लोज भोलि

7.38K
shares

काठमाडौं, २५ साउन । माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडको हकप्रदमा बुक क्लोज भोलि अर्थात् (साउन २६ गते) रहेको कम्पनीले जनाएको छ । कम्पनीले आफ्ना विद्यमान शेयरधनीलाई १ करोड ५९ लाख १ः१ कित्ता हकप्रद शेयर जारी गरी शतप्रतिशत हकप्रद दिने भएको छ ।

कम्पनीको हालको चुक्ता पुँजी १० अर्ब ५९ करोड रहेको छ भने प्रस्तावित हकप्रद समायोजनपछि कम्पनीको चुक्ता पुँजी बढेर २१ अर्ब १८ करोड हुने लक्ष्य राखेको छ ।

यसरी आजसम्म कायम रहेका शेयरधनीहरु हकप्रदका लागि योग्य छन् । हिजोको अन्तिम कारोबार मूल्य प्रतिशेयर रु ३७९ रहेको थियो ।

कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा सनराईज क्यापिटल रहेको छ ।

यसअघि हकप्रदमा आवेदन दिने आज अन्तिम दिन भएकोमा सच्याइएको छ ।