Dhulikhel Eco Banner new

वडाद्वारा नागरिकता अनुसूची फारम र हुलाक टिकट निशुल्क वितरण

7.31K
shares

काठमाडौं, २५ साउन । हिमाली जिल्ला मुगुमा रहेको एक मात्र रारा छायाँनाथ नगरपालिका अन्तर्गतको १२ नम्बर वडा कार्यालयले नगरवासीलाई दिने सेवा सरल, सहज र निशुल्क बनाउँदै लगेको छ ।

नगर भित्र रहेका १४ वडा मध्ये १२ नम्बर वडा कार्यालयले बजारमा रहेको केही सीमित पसलमा पाईने नागरिकता बनाउन प्रयोग हुने अनुसूची फारम र हुलाक कार्यालयमा मात्र पाईने हुलाक टिकट वडा कार्यालयबाट निशुल्क वितरण थालेको छ ।

नागरिकता बनाउने अनुसूची फारम र हुलाक टिकट गाँउ बस्तीमा नपाईने त्यसमाथि एउटा अनुसूची फारम ल्याउनको लागि ३ घण्टा लगाएर बजार पुग्नु पर्ने अवस्थाको अन्त्य गर्ने वडाले अग्रसरता देखाएको हो ।

नागरिकता लिन वडा कार्यालयबाट अनुसूची फारम भरेर पुनः जिल्लामा गएर नागरिकता बनाउनु पर्ने भएको हुँदा वडावासीलाई सानो कामले पनि दुःख हुने भएको भन्दै वडा कार्यालयबाट नागरिकता बनाउँदा प्रयोग गर्नु पर्ने अनुसूची र हुलाक टिकट निशुल्कमा उपलब्ध गराउने गरेको छाँयानाथ रारा नगरपालिका वडा नम्बर १२का वडा सचिव हेम बहादुर बढुवालले बताए ।

नागरिकता बनाउनको लागि २० रुपैयाँ पर्ने अनुसूची र १० रुपैयाको हुलाक टिकट लिन बजार जानु पर्ने अवस्थाको अन्त्य भएको भन्दै स्थानीय वडावासी बजिर बहादुर बि.कले खुसी व्यक्त गरे । वडा कार्यालय बाट दिर्ने सम्र्पूण सार्वजनिक सेवा प्रवाहलाई छिटो ,छरितो,प्रभावकारी गुणस्तरीय,चस्त दुरुस्त बनाउने प्रतिवद्घता गदै वडावासीको सहजताका लागि नागरिकता बनाउने अनुसूची र हुलाक टिकट निशुल्क उपलब्ध गराइएको छायाँनाथ रारा नगरपालिका वडा नम्बर १२ का वडा अध्क्षय आईतुराम रोकायाले बताए ।