GBIME

सिम्रिक एयरको सबै उडानमा रोक

1.09K
shares

काठमाडौं, २६ साउन । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरले ४६ लाख रुपैया नतिरेको जनाउँदै सबै उडानमा रोक लगाएको छ । प्राधिकरणलाई तिर्नुपर्ने नतिरेको जनाउँदै कम्पनीका सबै हेलिकोप्टरको उडान रोक्ने निर्णय गरेको हो ।

प्राधिकरणको टोलीले गरेको वित्तीय अडिटबाट सिम्रिक एयरको वित्तीय अवस्था पनि कमजोर देखाएकाले सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै उडान रोकिएको जनाइएको छ । नागरिक उड्डयन निमयावली २०५८ र विमानस्थल सेवा शुल्क नियमावली–२०७८ बमोजिम सिम्रिक एयरको उडानमा रोक लगाइएको जनाइएको छ ।

सिम्रिक एयरसँग रहेका चार हेलिकोप्टरमध्ये एक बिग्रिएको र बाँकी तीनले उडान भर्दै आएका थिए। कम्पनीसँग दुई वटा बेल र दुई वटा एएस ३५० हेलिकोप्टर छन् ।