धितोपत्र बोर्डले दियो थप तीन वटा ब्रोकर कम्पनीलाई लाईसेन्स
वि.सं.२०८० साउन २७ शनिवार ०९:४२
4.89K
shares
shares

काठमाडौं, २६ साउन । नेपाल धितोपत्र बोर्डले थप तीन वटा ब्रोकर कम्पनीलाई धितोपत्र सदस्य दलाल व्यवसायी अनुमतिपत्र दिएको छ । बोर्डको बुधबार बसेको बोर्ड बैठकले थप ३ कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो ।
लाईसेन्स प्राप्त गर्ने ब्रोकर कम्पनीहरुमा जे.बि.एन. सेक्युरिटिज, आर.बि.बि सेक्युरिटिज र सि.वि.आई.एल सेक्युरिटिज रहेका छन् ।
यसअघि साउन ५ मा ११ वटा कम्पनीलाई बोर्डले लाइसेन्स दिएको थियो ।

















