Dhulikhel Eco Banner new

विन लघुुवित्तको साधारण सभाको मिति परिवर्तन

4.63K
shares

काठमाडौं, १० जेठ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभाको मिति परिवर्तन गरेको छ ।

यस अघि जेठ २० गतेका लागि तय गरेको वार्षिक साधारण सभाको मिति कम्पनीले जेठ ३१ गते कायम गरेको हो । कम्पनीको जेठ ९ गतेको सञ्चालक समितिको बैठकले इन्द्रावती सामुदायिक सेवा केन्द्र सिन्धुपाल्चोकमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

यस अघि जेठ ३ गते सूचना जारी गर्दै कम्पनीले जेठ २० गते वार्षिक साधारण सभा गर्ने र त्यसका लागि जेठ ३ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने मिति तय गरेको थियो ।

नेप्सेले सोही दिन साधारण सभा सम्बन्धी सूचना ढिलो उपलब्ध गराएको भन्दै कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो । नेप्सेलाई साधारण सभा र बुक क्लोजको मिति पुनः तोक्ने जानकारी सहितको पत्र पठाएकाले जेठ ६ गतेदेखि कम्पनीको शेयर कारोबार सुचारु भएको थियो । सोही प्रतिवद्धता बमोजिम कम्पनीले पुनः सूचना जारी गर्दै साधारण सभाको मिति र बुक क्लोजको मिति परिवर्तन गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७७÷७८ सम्मको वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत वितरण योग्य बनाउनेछ । कम्पनीले यस वर्ष ९ दशमलव ८३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

पहिलो कुल ११ दशमलव ५ प्रतिशत लाभांश प्रस्ताव गरेको कम्पनीले लाभांश संशोधन गरेको हो । यस अघि कम्पनीले रू. ६ करोड १५ लाखको आधारमा ११ प्रतिशत बानस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । कम्पनीको चैत १३ गतेको सञ्चालक समितिले गरेको उक्त निर्णय कम्पनीको वैशाख २९ गतेको सञ्चालक समितिको बैठकले संशोधन गरेको हो ।