प्रहरी खटाएर बञ्चरे डाँडामा फोहोर विसर्जन
वि.सं.२०७९ जेठ १० मंगलवार ११:१८
5.28K
shares
shares

काठमाडौं, १० जेठ । सरकारले प्रहरी प्रशासन खटाएर बञ्चरे डाँडामा फोहोर विसर्जन गरेको छ । फोहोर विसर्जनका क्रममा स्थानीयले केही अवरोध गरेपछि प्रहरीले बल प्रयोग समेत गरेको छ ।
विगत केही समय यता बञ्चरे डाँडाका स्थानीयहरुले आफनो माग पूरा नहोउन्जेलसम्म फोहोर फाल्न नदिने भन्दै बिरोध गरिरहेका थिए । जसकारण काठमाडौंमा फोहोरको थुप्रो जताततै छरपस्ट थियो ।
फोहोरको उचित व्यवस्थापन हुन नसक्दा लामो समय यता काठमाडौंवासीहरु दुर्गन्धित वातावरणमा बस्न बाध्य छन । केही समय यता काठमाडौंका मुख्य सडक पेटीहरुमा फोहोरको डंगुर देख्न सकिन्छ ।















