Dhulikhel Eco Banner new

आज परराष्ट्र सेवा दिवस, पहिलो पटक मन्त्रालयले मनाउने

6.05K
shares

काठमाडौं, १० जेठ । पहिलो पटक परराष्ट्र मन्त्रलयले परराष्ट्र सेवा दिवस मनाउने भएको छ । नेपाल वैदेशिक सेवा (गठन र श्रेणी विभाजन) नियमहरु २०१८ को तर्जुमा भइ नेपाल राजपत्रमा प्रकाशित भएको दिन २०१८ जेठ १० गतेको स्मरणमा मन्त्रालयले यो दिवस मनाउन लागेको हो ।

परराष्ट्र मन्त्रालयले पहिलो पटक यो दिवस मनाउन लागेको जनाएको छ । कार्यक्रममा २०१८ पछि र त्यो भन्दा माथि परराष्ट्र मन्त्रालयमा सेवा गरेका अग्रज कर्मचारीहरुलाई सम्मान गर्नेछ ।

नेपालमा परराष्ट्र सेवालाई कानूनीरुपमा संहितावद्ध गरेको दिनको संस्मरणमा जेठ १० गतेलाई हरेक वर्ष परराष्ट्र सेवा दिवसको रुपमा मनाइनेछ ।